छोरा अनमोल केसीको जन्मदिन पारेर आमाले गरिन चलचित्रको रिलिज मिति घोषणा


anmol-kc-sushmita-bomzon-kcसुष्मिता बमजन केसीको प्रस्तुतीमा निर्मित चलचित्र ‘म त तिम्रै हुँ’ को रिलिज मिति तय भएको छ। चलचित्रमा अनमोल केसी र सुवास थापाले लगानी गरेका छन्। अनमोलको जन्म दिन अवसर पारेर उनका आमा सुष्मिता सहित चलचित्र निर्माण युनिटले रिलिज मिति घोषणा गरेका हुन्। चलचित्र आगामी साउन ७ गते बाट अल नेपाल रिलिज हुने घोषणा गरिएको हो।

चलचित्रमा सुस्मिताको साथमा सुशिल काफ्ले, आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्सना योगी, अनुपम श्रेष्ठ, सुसन खड्काको मुख्य भूमिका छ। चलचित्रले महिला संवेदना र युवा पुस्ताको कथालाई उठान गर्ने बताईएको छ।

ma-ta-timrai-hoonश्रीराम महत निर्देशित चलचित्रको कथा सुष्मिताले नै लेखिकी हुन्। सुष्मिताले यस अघि फिल्म ‘नेपाली बाबु’ म तिमि बिना मरिहाल्छु’ जस्ता सफल फिल्मका कथा लेखि सकेकी छिन।

चलचित्रका गीतहरुमा भुपेन्द्र खड्का, दयाराम पाण्डे र हर्कुलस बस्नेतको शब्द छ। हर्कुलस बस्नेत को संगीत रहेको चलचित्रको हाल सम्पादन भई रहेको छ। सौरभ लामाले खिचेको चलचित्रमा हिमाल केसीले द्धन्द्ध निर्देशन, कविराज गहतराजले कोरियोग्राफी र रितु रानाले शृंगार गरेका छन्।

SUBSCRIBE 👉