‘के म तिम्रो होइन र’को ट्रेलर : बलिउड एक्सनलाई टक्कर दिने आर्यनका एक्सनहरु !


चलचित्र ‘के म तिम्रो होइन र’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको एक्सनले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो ।

k ma timro hounian ra

अधिकारी ब्रदर्स पिक्चर्स प्रालिको प्रस्तुती र द स्काई मुभिजको सहकार्यमा तयार भएको यो चलचित्रमा कथा तथा निर्देशन आकाश अधिकारीको छ । चलचित्रबाट आर्यन अधिकारी र मरिष्का पोख्रेलले रजतपटमा डेब्यू गर्दैछन् ।

यी दुइको कामबाट निर्देशक आकाश अधिकारी ढुक्क र खुशी देखिए । ट्रेलर हेरेपछि नायक आर्यन अधिकारीको एक्सनको उपस्थित पत्रकार, कलाकारले खुलेरै तारिफ गरे ।

सुरेश अधिकारीको लगानी रहेको यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, प्रज्वल सुजल गिरी, सुरेन बस्याँल, सविना गोपाली, आकाशबाबु खवास, रमेश अधिकारी, बिनोद केसीको पनि अभिनय छ । चलचित्रमा पटकथा तथा संवाद यम थापाको छ भने नवराजकृष्ण थापाले चलचित्र खिचेका हुन् ।

हिमाल केसीको एक्सन, बसन्त श्रेष्ठ र रेनशा वान्तवा राईको कोरियोग्राफी, दिनेश गैडा र राजु पेन्टरको कला, अर्जुन जिसी र भूपेन्द्र अधिकारीको सम्पादन छ । चलचित्रमा प्रोडक्शन डिजाइनर सुरज आचार्य, प्रोडक्शन म्यानेजर दीलिप पन्त, पोस्टर डिजाइन सान थापा र विजय बस्यालको छ । यो चलचित्र वैशाख ३१ गतेबाट प्रदर्शनमा आउँदैछ ।

SUBSCRIBE 👉