द्धन्द्धको दृश्यका कारण ‘राम प्यारी’ लाई पिजी प्रमाणपत्र


रेखा थापाको फिल्म ‘राम प्यारी’ सेन्सर पास भएको छ । महिला टेम्पु चालकको कथामा आधारित यो फिल्मलाई सेन्सर वोर्डले पिजी प्रमाण पत्र उपलब्ध गराएको छ ।

फिल्ममा समावेश द्धन्द्धका दृश्यलाई मध्यनजर गर्दै ‘राम प्यारी’ ले सेन्सरबाट पिजी प्रमाण पत्र पाएको निर्देशक सविर श्रेष्ठले बताए । Rekha Thapa

निर्मात्री तथा नायिका रेखा थापाले सेन्सर सदस्यहरुले ‘राम प्यारी’ लाई रुचाएको बताइन् । यही आउँदो शुक्रबार चैत २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘राम प्यारी’ मा रेखासँगै नायक सविन श्रेष्ठ, नायिका आश्मा डिसी र नव नायक आभाष अधिकारीको मुख्य भूमिका रहेको छ ।

जगदिश्वर थापाको लेखन रहेको फिल्ममा शिव ढकालको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन अनि रामजी लामिछानको कोरियोग्राफी रहेको छ ।

SUBSCRIBE 👉