२७ आवर्स : २७ घन्टाको कथा जेठ १४ गते हेर्न पाइने !


हरर चलचित्र २७ आवर्स (२७ घन्टा)ले आफ्नो प्रदर्शन मितीतय गरेको छ । चलचित्र आगामी मे २७ अर्थात जेठ १४ गते प्रदर्शनमा आउने निमार्ण युनिटले जनाएका छन् । केही पहिले ट्रेलर सार्वजनिक गरेर चर्चा रहेको यो चलचित्रमा धेरै बतालागेको निर्माता तथा कलाकार दिपक लम्सालले बताए ।

27-hours-Nepali-Movie

साइकोलोजिकल हरर र थ्रीलर चलचित्र ‘ट्वेन्टी सेभेन आवर्स’को यस्तिबेला पोस्टप्रोडक्सन भारतको हैदराबादमा भैरहेको छ । बुटवल , पाल्पा र भारतको मुम्बईमा छायांकन गरिएको यो चलचित्रमा दिपक लम्साल ,सिद्धु पुजारी ,सारिका घिमिरे,मधु घिमिरे लगायतको अभिनय रहेको छ । फोटोग्राफी पढ्ने केही ब्याक्तीहरुको एक अनुसन्धानका क्रममा २७ घण्टाभित्र घटेको घटनालाई चलचित्रले रमाईलो ढंगबाट प्रस्तुत गरेकोछ ।

नेपालमा हरर चलाचित्र बन्न छोडेको बेला आधुनीक प्राविध प्रयोग गरेर चलचित्र बनाएको कारण यसलाई दर्शकले रुचाउने निर्माता दिपकको कथन छ ।  साउथ इन्डियन निर्देशक अरविन्द एमले निर्देशन गरेका यो चलचित्रमा रिजन कोइरालाको संगित , वँशी अट्लुरीको सम्पादन , सचिन सतमको भिएफएक्स , सिध्धु पुजारीको कोरियोग्राफी , मुर्गान र पबनको छायँकन रहेको छ ।

SUBSCRIBE 👉