उन्चालिस हजार फिट माथी सम्पन्न भयो बक्स अफिस अवार्ड !


उन्चालिस हजार फिट उचाईमा राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड सम्पन्न भएको छ । अवार्डमा ६० भन्दा बढी कलाकार,चलचित्रकर्मी र संचारकर्मीको सहभागीता थियो ।

विश्वमा नै पहिलो पटक सर्बाधिक उचाईमा आयोजित अवार्डमा चलचित्र नोभेम्बर रेन बाट अभिनेता आर्यन सिग्देलले सर्बोत्कृष्ट अभिनेताको अवार्ड चुमेका छन् । सोही चलचित्र बाट नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । उनी अवार्डमा सहभागी थिईनन् ।Box Office award

२०७१ मा प्रदर्शनमा आएका चलचित्र नोमिनेशनमा सहभागी थिए । कुल ३१ बिधामा वितरण गरिएको जुरी अवार्ड मध्ये ६ बिधामा अवार्ड जित्दै चलचित्र नोभेम्बर रेनले बर्चस्व जमाएको छ । नोभेम्बर रेन बाट आर्यन र नम्रता सहित सर्बोत्कृष्ट स्क्रिन प्लेमा छेतेन गुरुङ, सर्बोत्कृष्ट सहायक अभिनेत्रीको बिधामा चुल्ठिम गुरुङ, सर्बोत्कृष्ट निर्देशक दिनेश राउत र सर्बोत्कृष्ट फिल्मको बिधामा अवार्ड जित्न सफल भएको हो ।

यस्तै कुल २१ बिधामा अर्गनाईजर अवार्ड समेत बितरण गरिएको छ । उक्त अवार्ड अन्तर्गत पब्लिक च्वाईस अवार्डमा भने चलचित्र कोहिनुरले बर्चस्व जमाएको छ । पब्लिक च्वाईस अन्तर्गत सर्बोत्कृष्ट अभिनेत्रीको बिधामा श्वेता खड्काले अवार्ड जितेकी छिन् ।

यस्तै सोहि चलचित्र बाट सर्बोत्कृष्ट संगीतकारको बिधामा शम्भुजित बाँस्कोटा,निर्देशक आकाश अधिकारी र पपुलर प्रोड्युसरको बिधा स्वर्गीय अभिनेता तथा निर्माता श्रीकृष्ण श्रेष्ठले अवार्ड जितेका छन् । श्रीकृष्णको अवार्ड पनि अभिनेत्री श्वेता खड्काले श्री प्रति समर्पण गर्दै अवार्ड ग्रहण गरेकी थिईन् ।

SUBSCRIBE 👉