सचिन र वर्षा बने तेस्रो गोल्डेन आईडल


आफ्ना पाच प्रतिस्पर्धीलाई पछि पार्दै दाङका सचिन पाखरेलले गायन तर्फ तेस्रो गोल्डेन आईडलको उपाधि जितेका छन् । शनिबार अबेर सााझ पोखराको सभागृहमा सम्पन्नगोल्डेन आईडलको तेस्रो साृखलामाउनले उपाधि सहित एक लाख रुपैयाा र आफ्नो स्वरमागीत रेकर्ड गर्ने अबसर जिते । राष्ट भावनाले ओतप्रोत एउटा गीत र स्तुपिड मनको गीततिम्रो आाखा…मा प्रस्तुत गरेर उनले आफ्ना अरु पाचप्रतिस्पर्धीलाई जितेकाहुन् ।

pokhara-News

गोल्डेन स्टार मल्टी मिडियाद्धारा आयोजित सो प्रतियोगितामा नृत्य तर्फ भने दाङ घोराहीकी १३ वर्षीया वर्षा लम्साल बिजेता बन्न सफल भईन् । अन्तिम प्रतिस्पर्धामा उनले छोरी भएर जन्मनुको पीडालाई नृत्य मार्फत प्रस्तुतगर्दा निर्णायक टोली सहितदर्शक समेत स्तव्ध भएका थिए । त्यस अघि उनले लोक नृत्य तर्फ दाङकै थारु समुदायको नृत्य प्रस्तुत गरेकीथिईन् । उनले उपाधि संगै एक लाख रुपैयाा र ट्रफी हाासिल गरिन् ।

गत ५ असोज बाट सुरु भएको यो प्रतियोगितको प्रारम्भिक चरणमा मुलुका ४२ भन्दा बढी जिल्लाका नृत्य र गायनमा चार हजार भन्दा बढी प्रतियोगी सहभागी भएको आयोजक सास्थाका अध्यक्ष सरन गुरुङले बताए ।

SUBSCRIBE 👉