‘हाउ फन्नी’को टाइटल गीतमा काठमाडौँको तारीफ गर्दै केकी र प्रियंका ! ( भिडीयो )


बैशाख १० गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘हाउ फन्नी’ को टाइटल गीत ‘हाउ फन्नी’ रिलीज भएको छ । माल्भिका सुब्बाले निर्माण गरेको यो चलचित्रको रिलीज गीतमा केकी अधिकारी र प्रियंका कार्कीको अभिनय रहेको छ ।keki

निलु डोल्मा शेर्पा निर्देशित चलचित्र ‘हाउ फन्नी’ मा प्रियंका र केकी संगै निशा अधिकारी, दयाहाङ राई र अनुपविक्रम शाहीको समेत मुख्य भूमीका रहेको छ । चलचित्रमा सुरेश अधिकारी, बसन्त सापकोटा, शैलेश सिंह र शैलेन्द्र श्रेष्ठको संगीत सुन्न सकिन्छ ।

कमेडी जनारामा निर्माण भएको यो चलचित्र संग अर्को जातीय छुवाछुतको कथामा निर्माण भएको चलचित्र बाटो मुनीको फुल समेत रिलीजमा आउदैछ ।

SUBSCRIBE 👉