कमेडी हाउ फन्नीलाई युनिभर्सल सर्टि्फिकेट


बैशाख १० बाट प्रदर्शनमा आउने फिल्म हाउ फन्नी ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टि्फिकेट पाएको छ । अर्थात् यस फिल्मलाई सबै वर्गका दर्शकले हेर्न पाउने भएका छन् ।how-funny

टाईनी बट विग पिक्चर्सको व्यानरमा तयार भएको यस कमेडी जनरको फिल्मलाई आज सेन्सर बोर्डका पदाधिकारीले हेरेपछि विना काट्छाट युनिभर्सल सर्टि्फिकेट प्रदान गरिएको हो ।

फिल्ममा दयाहाङ राई , प्रियंका कार्की , केकी अधिकारी , निशा अधिकारी , अनुप विक्रम शाही , विजय बराल , शिशिर राणा लागायतको अभिनय रहेको छ । शान बस्न्यातको लेखन रहेको छ ।

SUBSCRIBE 👉