‘गाजलु’ प्रतिक्षीत बन्नुका यस्ता छन् कारणहरु !


जीवित देवी मानिने कुमारीले कुमारीको कथामा तयार भएको चलचित्र ‘गाजलु’को यतिबेला चर्चा चारैतिर छ । ‘ड्रिम्स’को चर्चा नसेलाउँदै ‘गाजलु’मा देखिएका अनमोल केसीका कारणले पनि यो चलचित्रको चर्चा चुलिएको हो ।

जीवित देवी मानिने कुमारीले कुमारीघरबाट निस्किएपछिको जीवनमा भोग्नुपर्ने उतारचढाव चलचित्रमा समेटिएको निर्माण पक्षको भनाई छ । जेठ २८ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्र अनमोलको चौथो चलचित्र हो ।GAJALU-nEPALI-mOVIE

हेमराज बीसी निर्देशित यो चलचित्रलाई निर्माण भने नयाँ निर्माता रोहित अधिकारीले गरेका छन् । करिब एक करोड भन्दा बढीको लगानीमा बनेको यो अनमोलको कारण मात्र नभएर अन्य केही कारणले प्रतिक्षीत तथा चर्चित बनेको छ । कारणहरु यस्ता रहेका छन् !

अनमोल केसी
यतिबेला नायक अनमोल केसीको नामले मात्र पनि चलचित्र चल्ने समय आएको छ ।‘ड्रिम्स’को चर्चा नसेलाउँदै ‘गाजलु’मा देखिएका उनको कारणले यो चलचित्र सबैभन्दा बढी चर्चामा रहेको मान्न सकिन्छ ।

‘गाजलु’ खेलेबाफत १० लाख लिएको चर्चा समेत बजारमा निकै रहेको छ । युवा पुस्ताका चर्चित कलाकार अनमोलको यो चलचित्रको ट्रेलरलाई समेत युटुबमा निकै राम्रो प्रतिक्रिया मिलीरहेको छ ।

सृष्टि श्रेष्ठ

२०१२ मा मिस नेपाल भएर पनि हालसम्म चलचित्रमा नदेखीएकी सृष्टि श्रेष्ठ लाई चलचित्रमा देख्न चाहाने दर्शकहरुलाई लागी समेत गाजलु प्रतिक्षीत चलचित्र बनिरहेको छ ।

सामाजीक संजालमा समेत राम्रो फ्यान फ्लोर भएकी सृष्टि र अनमोलको जोडीलाई पर्दामा हेर्न यतिबेला दर्शकहरु आतुर छन् । निकै सुन्दर सृष्टिले एक बलिउड गीत कभी जो बादलमा समेत अभिनय गरीसकेकी छन् । जुन गीतलाई नेपाली दर्शकले युटुबमा धेरै पटक अबलोकन गरेका थिए ।

हेमराज बिसी

हेमराज बिसीले अनमोललाई लिएर दुई हिट चलचित्र दीइसकेका कारण पनि यो चलचित्र बाट दर्शकले निकै आस राखेका छन् । हेमराजले अनमोललाई होस्टेल बाट डेब्यु गराउदै अर्को चलचित्र जेरीमा युवा स्टार बनाएका थिए ।

त्यसैले अनमोल र सृष्टि जस्तै हेमराजका कारण पनि दर्शक हलसम्म पुग्ने विश्वास राख्न सकिन्छ । यस्तै चलचित्र अनमोलका साथमा ‘होस्टेल’मा अभिनय गरेका सलोन बस्नेत र गौरव पहाडी पनि यो चलचित्रमा देखिएका छन् ।

SUBSCRIBE 👉