राधा : पहिलो पटक एकसाथ चलचित्रमा देखिदै संचिता र जीवन !


निर्देशक योगेश घिमिरेले नयाँ चलचित्र राधा बनाउने भएका छन् । झण्डै डेढ बर्षको होमवर्क पश्चात उनले यो चलचित्र बनाउन लागेका हुन् 

जसको मुख्य कलाकारमा संचिता लुइँटेल र जीवन लुइँटेल फाईनल गरिएको छ । संचिता र जीवन बर्षौ देखि फिल्म नगरीमा सक्रिय भएपनि उनीहरुले पहिलो पटक राधामा अनस्क्रिन रोमान्स गर्दैछन् ।Untitled-1

नारी केन्द्रित कथा रहेको उक्त फिल्मको छायाँकन बैशाख २२ गते देखि सुरु हुँदैछ । राधाको स्क्रिप्ट प्रदीप भारद्धाले लेखेका हुन भने सिनेमाटोग्राफी डिपार्टमेन्ट डिओपी पुरुषोत्तम प्रधानको टिमले ह्यान्डल गर्नेछ ।

म्युजिक मेकिङ चाँहि बसन्त सापकोटाले हेरेका छन् भने कोरियोग्राफीको पाटोमा कविराज गहतराज र एक्सनको पाटोमा फाईट डाईरेक्टर हिमाल केसीको युनिट रहने छ ।

आउँने दसैको छेकोमा रिलिज लक्ष्य राखिएको उक्त फिल्मलाई रियल मोसन पिक्चर्सको ब्यानरले निर्माण गर्न लागेको हो जसको फाईनान्सरमा  विश्वमणी दाहाल र सुशिल कार्की रहने  छन् ।

SUBSCRIBE 👉