कुमारीको कथा उठाउदा ‘गाजलु’ विवादमा !


चलचित्र ‘गाजलु’ विवादमा फस्ने संकेत देखिएको छ । चलचित्रको बिषयलाई लिएर कुमारी घरले प्रश्न उठाएपछि विवादमा फस्ने संकेत देखिएको हो । नायक अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको जोडीले अभिनय गरेको यो चलचित्र वाल्यकालमा कुमारी जीवन विताएकी यूवती कुमारीको कथा उठाएको छ । gajalu nepali movie

केही समय अघि सार्वजनिक ट्रेलर रिलीज पछी चलचित्रको कथा खुलेको थियो । विवादमा फस्ने संकेत देखिएपछी निर्माता रोहित अधिकारीले विज्ञप्ती समेत जारी गरेका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ-‘चलचित्र कुनै पनि जाति विशेषको सम्प्रदाय परम्परालाई लिएर कोही कसैको मनोभावना तथा संकृतिलाई ठेस पुर्याछउने उद्देश्यले प्रस्तुत गर्न खोजिएको होइन ।

जेठ २८ गतेबाट रिलीजमा आउने लाई पछिल्लो समय प्रतिक्षीत चलचित्रको रुपमा लिइएको छ । हेमराज वीसीले निर्देशन गरेको यो चलचित्रमा अनमोल र श्रृष्टी संगै सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान लगायतका कलाकारको पनि अभिनय छ ।

WATCH VIDEO – GAJALU

SUBSCRIBE 👉