फिल्म ‘गाजलु’को मर्मस्पर्शी गीत सार्वजनिक (भिडियो)


अनमोल केसी र पुर्व मिस नेपाल सृष्टि श्रेष्ठले अभिनय गरेको फिल्म ‘गाजलु’को दोश्रो गीत रिलिज भएको छ । युट्युवमा सार्वजनिक ‘मुस्कुराउनुको कथा’ बोलको गीतमा अनमोल र सृष्टि फिचरिङमा छन् । गीतमा शब्द निकै मर्मस्पर्शी छन् । जहाँ सृष्टि र अनमोलका धेरै पीडा र थोरै रमाईला क्षणहरुलाई चित्रित गरिएको छ ।gajalu news

गीतमा पछिल्लो पुस्ताका चर्चित संगीतकार कालिप्रसाद बाँस्कोटाले संगीत भरेका छन् । गीतमा बाँस्कोटाकै शब्द तथा सुमन गुरुङको स्वर समावेश छ ।

रोहित अधिकारीको निर्माण तथा हेमराज बिसीको निर्देशन रहेको फिल्ममा अनमोल र सृष्टिसँगै गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही, विश्व बस्नेत, गौरी मल्ल लगायत अभिनयमा छन् । नेवारी समुदायमा भित्रको एक (कुमारी) प्रथाको कथालाई पर्दामा उतारिएको फिल्म जेठ २८ मा रिलिज हुँदैछ ।

SUBSCRIBE 👉