बाबुरामले बधाई दिएपछि शान्तिप्रिय दंग !


shanti-priya

Shanti Priya

ग्ल्यामर नेपाल, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाओवादी नेता डा. बाबुराम भट्टराईले चलचित्र पत्रकार संघको अध्यक्ष पदमा दोस्रो पटक निर्वाचित भएका शान्तिप्रियलाई बधाई दिएका छन्। शनिबार दिउँसो मोबाइलमा फोन गरी बाबुरामले बधाई दिएपछि शान्तिप्रिय दंग परेका छन्। चलचित्र पत्रकारका नेतालाई यसअघि बाबुरामजतिको व्यक्तित्वले प्रत्यक्ष रुपमा बधाई दिएको पाइँदैन्। त्यसैले पनि अध्यक्ष शान्तिप्रियको हर्षको ग्राफ उकालो लागेको हो।

बाबुरामले आफ्नो मोबाइलमा फोन गरेर बधाई दिएको शान्तिप्रियले जानकारी दिए। करिब तीन मिनेटको कुराकानीमा बाबुरामले आवश्यक परेको सहयोग गर्न आफू तयार रहेको बताएका थिए। बाबुरामसँग सभा समारोहमा देखभेट भएपनि व्यक्तिगत चिनजान नभएको शान्तिप्रियको भनाई छ। भट्टराई चलचित्रप्रति विशेष रुचि भएका नेताका रुपमा परिचित छन्। उनी अर्थममन्त्री भएका बेला नेपाल चलचित्र विकास बोर्डका लागि एक करोड रपैयाँ र प्रधानमन्त्री भएका बेला पचास लाख रुपैयाँ उपलब्ध गराएका थिए।

यसैबीच, नवनिर्वाचित चलचित्र पत्रकार संघको कार्यसमितिको पहिलो बैठक आइतबार बसेको छ। बैठकले वार्षिक क्यालेन्डर छपाउने र जेठ ७ गते मनाउँदै आएको चलचित्र पत्रकारिता दिवस तथा पुरस्कार वितरणको कार्यलाई निरञ्तरता दिने निर्णय गरेको छ।

SUBSCRIBE 👉