दिपा श्री निरौलाको डेब्यू निर्देशन “६क्का पञ्जा” को ‘पुर्व पश्चित रेल’ गीत रिलीज


chhaka-panja-priyanka-karki

दिपा श्री निर्देशित फिल्म “६क्का पञ्जा” मा समाबेश गरिएको ‘पुर्व पश्चित रेल’ बोलको भिडियो गीत गरीएको छ। अञ्जु पन्त र राजनराज सिवाकोटीको समधुर स्वरले भरिएको सार्बजनिक गीतमा फिल्मका प्राय सबै कलाकारलाई हेर्न सकिन्छ। गीतमा संगीत पनि राजनराज सिवाकोटीको नै रहेको छ।

“६क्का पञ्जा” को ‘पुर्व पश्चित रेल’ गीत हेर्न यहाँ क्लिक गर्नुहोस्

फिल्ममा प्रियंका कार्की, दिपकराज गिरी, बुद्धी तामाङ, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकारले अभिनय गरेका छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतलाई पुरोषोतम प्रधानले खिचेका हुन्। दिपाश्री निरौलाको डेब्यू निर्देशनमा तयार भएको फिल्म ‘६क्का पञ्जा’ २०७३ भदौ २४ मा रिलिज हुँदैछ।

SUBSCRIBE 👉