कामुक सुरविनालाई कर्माको प्रस्ताव!


Nepali Movie Lukamari Poster (3)नायक सौगात मल्लले खाली सिलिन्डर बोकेको फस्टलुक रिलिज गरेपछि चर्चामा रहेको चलचित्र ‘लुकामारी’ अषाढ १० गतेबाट प्रदर्शनमा आउँदैछ। चलचित्रको प्रदर्शन मिति नजिकिदै गएपछि यसको निर्माणपक्षले चलचित्रको गीतहरु समेत धमाधम सार्बजनिक गरिरहेको छ। निर्माणपक्षले हालै ‘प्रस्ताव’ बोलको दोश्रो गीत पनि रिलिज गरिसकेको छ। गीतमा विकास सिलवाल र प्रविशा अधिकारीको स्वर, किरन बरालको शब्द, विकास सिलवालको संगीत छ।

कामुक सुरविनालाई कर्माको प्रस्ताव – भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Nepali Movie Lukamari Poster (1)

यो गीतको भिडियोलाई उत्कृष्ट बनाइएको छ। भिडियोमा चलचित्रका मुख्य दुई कलाकार कर्मा र सुरविना कार्कीलाई फिचरिङ गरिएको छ। सुरविना गीतमा कामुक देखिएकी छिन्। भिडियोको लोकेशन, छायांक शैली गजबको छ। सुशन प्रजापतिले खिचेको यो गीतको कोरियोग्राफी रेनशा वान्तवा राइले गरेकी हुन्।

Nepali Movie Lukamari Poster (2)

चलचित्रमा सौगात मल्ल, कर्मा, विक्रम सिंह, सुरविना कार्की, रीस्ता बस्नेत, कृष्णभक्त महर्जन, जेवी डीसी आदिले मुख्य भूमिका अभिनय गरेका छन्। चलचित्रमा श्रीराम दाहालको कथा तथा निर्देशन छ। सुरजमान सिंह भण्डारीले निर्माण गरेको चलचित्र कमेडी, सस्पेन्स कथामा आधारित छ।

SUBSCRIBE 👉