यूवापूस्ताको प्रेमकथा – ‘म त तिम्रै हुँ’ ! हेर्नुहोस् आकर्षक ट्रेलर


युवा पुस्तामाझ चर्चित नायक अनमोल केसी निर्माता रहेको चलचित्र “म त तिम्रै हुँ” को अफिसियल पहिलो ट्रेलर रिलिज भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले चलचित्रको ट्रेलर र अडियो एल्बम सार्वजनिक गरेको हो। यूवापूस्ता लक्षित प्रेमकथामा आधारित चलचित्रको गीत र ट्रेलर उत्कृष्ट छ।

Ma-Ta-Timrai-Hoon-2

अनमोल क्रियशन ब्यानरमा बिग-स्क्रिन डेब्यु निर्देशक श्रीराम महतको निर्देशन रहेको चलचित्र अभिनेत्री सुस्मिता केसीले निर्माण गरेकी हुन। चलचित्रमा अनमोल संगै निर्माता सुभाष थापाले पनि लगानी गरेका छन्।

Ma-Ta-Timrai-Hoon

फिल्ममा नव नायक आकाश श्रेष्ठ, नवनायिका ज्योत्सना योगी लगायत, सुशिल काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का आदिको अभिनय रहेको छ।

केहि दिन अघि चलचित्रको शिर्ष गित रिलिज पश्चात एकाएक चर्चामा आएको चलचित्रको प्रदर्शन मिति साउन ७ गते तय गरिएको छ।

SUBSCRIBE 👉