कुमारी घरका पदाधीकारीहरुले हेरे ‘गाजलु’ , बन्यो विवाद साम्य


चलचित्र ‘गाजलु’ कुमारी घरका पदाधीकारीहरुलाई देखाइएको छ  । कुमारी घरका पदाधीकारीहरुले चलचित्र  हेरिसकेपछि ‘गाजलु’ले उठाएको कथावस्तुलाई स्वागत गरेका छन् ।डिसियन प्रिभ्यू थियटरमा चलाचिर्त्र हेरिसकेपछि कुमारी घर र कुमारी प्रथाको बारेमा कुनै पनि प्रकारको गलत लाग्ने विषयवस्तु नसमेटिएको र चलचित्र  पुर्णतः सन्देशमुलक तथा मनोरञ्जनात्मक बनेको उनिहरुले प्रतिक्रिया दिए । gajalu-nepali-Movie
चलचित्रले उठाएको विषय र सामवेश गरिएको दृश्यांकन प्रति कुमारी घरको आपत्ति भन्दै केही समय अघि मिडीयामा समाचार बनेको थियो । पुर्वकुमारीको जीवनकथालाई पर्दामा उतारिएको यो चलचित्रमा रोहित अधिकारीको लगानी र  हेमराज बिसीको निर्देशन रहेको छ । शुक्रबार अर्थात जेठ २८ बाट रिलिज हुने ‘गाजलु’मा अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही लगायतको अभिनय देखन सकिन्छ ।

SUBSCRIBE 👉