बालबालिकाहरु मनाए हमालले आफ्नो ५२औं जन्मदीन


नेपाली चलचित्रका महानायक राजेश हमालले आफ्नो ५२औं जन्मदीन स्वयम्भु स्थित बाल केन्द्रका बालबालिकाहरु संग मनाएका छन । करिब ७० जना बालबालिका रहेको बाल केन्द्रमा महानायकको जन्मदीनमा रमाउदै हर्षित देखिन्थे | महानायक हमालले बालबालिकाहरुलाई आफ्ना चलचित्रका चर्चित सम्बाद प्रस्तुत गरेर साथै उनीहरुसंगै नाचेर मनोरंजन समेत प्रदान गरेका थिए ।14f2803b-bdb1-4ecd-8143-3919a8d31fd7

बाल केन्द्रका संस्थापक छोग्याल रिम्पोंचेको निम्तोमा त्यहाँ पुगेका हमालले बालबालिकाहरु संगै आफ्नो जन्मदिनको केक काटी उत्सव मनाउन पाउनु साथै उनीहरुसंगै भोजन गरेपछि आनन्द आएको बताए । महानायक हमालले भने “आज साँच्चै मेरो जन्मदिन सार्थक रह्यो, मैले यी साना-साना अबोध मुहारमा थोरै भएपनि खुसि ल्याउन सफल भए । सो अवसरमा नेपाली तारा प्रताप लामाले महानायक हमाललाई जन्मदिनको शुभकामना दिदै आफ्ना चर्चित गित समेत गाएका थिए ।

 

SUBSCRIBE 👉