प्रहरीको पोशाक प्रयोग गरेपछि छानविनमा रेखा


rekha-thapaग्ल्यामर नेपाल, काठमाडौं । ‘हिम्मतवाली’को निर्देशनबाट श्याम भट्टराईलाई हटाएपछि विवादमा तानिएकी नायिका रेखा थापा फेरि अर्को विवादमा फसेकी छिन्। रेखाले हाल सुटिङ भइरहेको फिल्म ‘हिम्मतवाली’ सुटिङमा प्रहरीको पोशाक दुरुपयोग गरेपछि प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ। प्रहरीको स्वीकृतिबिना नै आईजीपी र डिआईजीको पोशाक लगाएर सुरक्षामा आँच पुर्‍याउने काम गरेको भन्दै छानबिन सुरु भएको प्रहरी प्रधान कार्यालय स्रोतको हवाला दिँदै दृष्टि साप्ताहिकले खबर छापेको छ।

rekha-thapa-police

महेन्द्रनगरमा स्वीकृतिबिना नै आईजीपी तथा डिआईजीको पोशाकको दुरुपयोग गरेपछि रेखाविरुद्ध कडा कदम चाल्न लागिएको हो। प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले स्वीकृति नलिइकन त्यसरी प्रहरी पोशाकमा सुटिङ गर्नु आवत्तिजनक भन्दै छानबिन गरिरहेको जानकारी दिएका छन्। रेखाले नायिका थापाले आईजीपीको भूमिकामा यातायात तथा रेष्टुरेन्ट व्यवसायी दिनेश भण्डारीलाई र डिआईजीमा पत्रकार राजेन्द्र नाथलाई अभिनय गराएकी छिन्।

तर सुटिङको क्रममा आईजीपी र डिआईजीको पोशाक लगाउँदै अन्य व्यक्तिले पनि फोटो सेसन गरी फेसबुकमा प्रचार गरेपछि भ्रम उत्पन्न भएको भन्दै छानबिन थालिएको छ। जसले रेखालाई थप संकटमा पार्ने देखिन्छ। साथै प्रहरीको पोशाक प्रयोग गर्नुपुर्व स्वीकृति लिनुपर्छ भन्ने जान्दा–जान्दै अटेर गरेपछि उनको चौतर्फी आलोचना सुरु भएको छ।

SUBSCRIBE 👉