तिन अभिनेत्रीले गर्दैछन् भिक्ट्री लन्जमा क्याटवाक


मोडलिङ हुँदै अभिनयमा प्रवेश गरेका तीन हिरोइन माला लिम्बुस ,प्रियंका कार्की र मलिना जोशी एक साथ र्याम्पमा क्याटवाक गर्ने भएका छन् । 

दरबारमार्गस्थित भिक्ट्री लन्ज एण्ड बार  स्थापनाको एक वर्ष पूरा भएको अवसरमा असार ४ गते हुन लागेको ‘भिक्टोरियन्स नाइटस्’शीर्षकको फेसन सोमा सो स्टपर बन्दै ¥याम्पमा देखिन लागेका हुन् । शोको शुभारम्भ भने आयुष्मान देसराज जोशी र अर्पणा उपाध्यायले गर्नेछन् ।  Mala_Limbu_Priyanka_Karki_Malina_Joshi_Femnepal

संगीत, फेसन र नृत्यको फ्युजनको रुपमा रहने कार्यक्रममा मोडलहरुले मनिस राई, खुशी भेटवाल र खुस्बु रानाले डिजाइन गरेका लुगामा ¥याम्पको जमिन नाप्नेछन् । मोडलहरुको कोरियोग्राफी विपेन माइक गुरुङको रहनेछ भने याशु खड्काले साल्सा नृत्य प्रस्तुत गर्नेछन् । धरानको हाम्रो डान्स घरले समसामयिक नृत्य प्रस्तुत गर्नेछ । साँझमा संगीतको पनि प्रस्तुति रहनेछ । कार्यक्रममा धर्मेन्द्र सेवानले आफ्ना चर्चित गीत सुनाउनेछन् ।

SUBSCRIBE 👉