‘लुकामारी’ लाई ‘पीजी’ प्रमाणपत्र


शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लुकामारी’ले चलचित्र सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । शुक्रबार बेलुकी चलचित्र हेरेपछि सेन्सरका सदस्यहरुले यसको तारिफ गरेका थिए ।Lukamari-Feature-Image
चलचित्रको कमेडी र सस्पेन्स पक्षलाई सेन्सरबाट तारिफ मिलेको निर्माता सुरजमान सिंह भण्डारीले बताए । उनका अनुसार कलाकार सौगात मल्ल, कर्मा लगायतका कलाकारको काम र कथावस्तुलाई रुचाइएको छ । श्रीराम दाहालले  निर्देशन गरेको यो चलचित्र असार १० गतेबाट रिलिज हुदैछ । चलचित्रमा रीस्ता बस्नेत, सुरविना कार्की पनि मुख्य भूमिकामा छन् ।

SUBSCRIBE 👉