चलचित्र ‘के म तिम्रो होइन र’ को विदेश प्रदर्शन पनि सुरु भएको छ । जुन १८ देखि यो चलचित्रको विदेश प्रदर्शनी सुरु भएको निर्माण कम्पनीले जानकारी दिएको छ । जुन १८ मा चलचित्रका मुख्य नायक आर्यन अधिकारीको उपस्थितीमा करिब ५ सय दर्शक अट्ने क्षमता भएको अमेरिकाको सान फ्रान्सिस्कोमा अवस्थित ‘मचान थिएटर, अल्मेडा’मा सफल शो सम्पन्न भएको छ ।
चलचित्रको अन्य शो अष्ट्रेलिया, आयरल्याण्ड र यूकेमा पनि चाडै हुने निर्माण पक्षले जानकारी दिएको । ‘विदेशमा चलचित्रको माग भैरहेको छ । हामी विश्वका अधिकांश नेपाली दर्शकले चलचित्र हेर्न पाउन् भन्ने सोचले अगाडि बढेका छौ निर्देशक आकासले भने । चलचित्रमा आर्यन अधिकारी र मरिष्का पोख्रेल मुख्य भूमिकामा छन् । सुरेश अधिकारीले यो चलचित्रको निर्माण गरेका हुन् । नेपालमा यो चलचित्र वैशाख ३१ गतेबाट रिलिज भएको थियो ।