पोखरामा फिल्म ‘लुकामारी’को प्रिमियर, देखियो सौगात र कर्माको एस्तो क्रेज (फोटो ग्यालरी)


शुक्रबारबाट प्रदर्शनमा आउने भएको फिल्म ‘लुकामारी’को पोखरामा रेड कार्पेट प्रिमियर गरिएको छ। पोखराको सिने प्लेक्स हलमा आयोजना गरिएको भव्य प्रिमियरमा चलचित्रका कलाकारदेखि दर्शकहरु पनि सहभागी भएका थिए। काठमाण्डौबाट गएका कलाकार, पत्रकारको र पोखराका केहि कलाकार र पत्रकार पनि भव्य रेड कार्पेट शोमा उपस्थित थिए।

Lukamari Premier show Pokhara (14)

सिने प्लेक्सका दुई हलमा भरिभराउ दर्शक, पत्रकार र कलाकारका विच चलचित्र प्रदर्शन गरिएको थियो। चलचित्रका मुख्य कलाकार सौगात मल्ल, कर्मा, सुरविना कार्की, विक्रम सिंह, जेवीडीसी लगायत शोमा सहभागी थिए। यस्तै, निर्माता सुरजमान सिंह भण्डारी, निर्देशक श्रीराम दाहाल पनि चलचित्रको पहिलो शोमा उपस्थित थिए। म्यूजिक भिडियो छायांकनका लागि पोखरा पुगेकी नायिका अनु शाह र मोडल निराजन प्रधान चलचित्र हेर्न पुगेका थिए। पोखराकी नायिका रीश्मा गुरुङ पनि चलचित्र हेर्न हलमा पुगिन्।

चलचित्र प्रदर्शन अगाडि आयोजित रेड कार्पेट प्रिमियरमा नायक सौगात मल्ल र कर्माप्रति दर्शकको क्रेज अत्याधिक देखियो। सौगात र कर्मासँग तस्बिर खिचाउन दर्शकले तछाडमछाड गरिरहेका थिए। चलचित्रको पर्दामा सौगात आउँदा विशेषगरि यूवति दर्शकको हुटिङ चर्को थियो।

क्राइम कमेडी यो चलचित्रले दर्शकलाई पहिलो हाफमा खुबै हसाँएको छ। दोश्रो हाफमा भने चलचित्रको कथावस्तुमा नयाँ मोड आएको पाइन्छ। पोखरामा चलचित्र हेरेका ५ सय बढी दर्शकले ‘लुकामारी’लाई रुचाएका छन्। चलचित्र हेरेपछि दर्शकले दिएको प्रतिक्रियाले आफू अत्यन्त उत्साहित भएको नायक सौगात मल्लले बताए। निर्माता सुरजमान सिंह भण्डारी पनि आफ्नो पहिलो प्रयास सफल भएकोमा दंग देखिएका थिए।

फोटो ग्यालरी हेर्नुहोस्

SUBSCRIBE 👉