फ्राईडे रिलिज : ‘लुकामारी’ भर्सेज ‘रिलेशन’


चलचित्र ‘लुकामारी’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । चलचित्रको बिहिबार पर्यटकिय नगरी पोखरामा प्रिमियर गरियो । प्रिमिएरमा चलचित्रका कलाकारको सहभागिता थियो । अधिकाम्स चलचित्र राजधानिमा प्रिमिएर गर्ने गरिन्छ । तर यो चलचित्र पोखरामा प्रिमिएर गरिएको छ । उपत्यका पछि पोखरा चलचित्र प्रदर्शनको लागी राम्रो शहर मानिन्छ । त्यसैले पनि चलचित्रको प्रिमिएर उक्त शहरमा गरिएको हो । nepali-movie-luka-mari

क्राईम कमेडी थ्रिलर बिषयमा बनेको ‘लुकामारी’मा सौगात मल्ल, सुवरिना कार्की, कर्मा शाक्य, विक्रम सिंह, जेबी डिसी ,रिस्ता बस्नेत लगाएको अभिनय देख्न सकिन्छ । श्रीराम दाहाल निर्देशित चलचित्रमा अभिनेता सौगात मधेशी मुलको युवाको भुमिकामा देखिएका छन् । सुरजमान सिंह भण्डारीले निर्माण गरेका हुन् ।

यो चलचित्र देशभर आजैबाट प्रदर्शनमा आएको चलचित्र ‘रिलेशन’सँग भिड्दै छ ।  दिपेन्द्र दाहाल निर्देशित चलचित्र ‘रिलेशन’ले तेक्वान्दो खेलको कथा बोल्छ । चलचित्रमा तेक्वान्दोका फस्ट सेभेन डन दिवाकर महर्जन र अमेरिकी व्ल्याक बेष्ट कृटिना नुनास तथा उपेन्द्र तिमल्सिना,महिमा सिलवाल ,लक्ष्मण बिक्रम बस्नेत ,शुशिल पोख्रेललगायतको अभिनय रहेको छ ।

SUBSCRIBE 👉