नायिका निता ढुंगाना अभिनित थानेश्वोर गौतमको २ म्युजिक भिडियो


गजल शैलीका गीत गाएर चर्चाका संगीतकर्मी थानेश्वर गौतमका दुई नायाँ गीतका म्युजिक भिडियोहरु रिलिज भएका छन्। यी दुबै म्युजिक भिडियोमा नायिका नीता ढुंगानालाई फ़िचरिङ्ग गरिएको छ। पछिल्लो समय चलचित्रमा खासै व्यस्त नरहेकी नीता ढुंगाना यतिबेला म्युजिक भिडियोमा व्यस्त रहन थालेकी छिन्।

Actress-Neeta-Dhungana-Music-Video

थानेश्वर गौतमकै स्वर तथा संगीतमा तयार पारिएका यी दुई मध्ये ‘सिन्दुर लाउने हौली…’ गीतका रचनाकार छवी चालिसे हुन्। गीतकार चालिसे आफैंले यो गीतको म्युजिक भिडियोमा अभिनय समेत गरेका छन्। उपकार घमालले उनलाई अभिनयमा साथ दिएका छन्।

‘मोल हो कि अनमोल हो…’ गीतमा रचनाकार हस्त गौतम ‘मृदुल’ हुन्। यो गीतमा गायक तथा संगीतकार गौतमलाई गायिका सरु गौतमले गायनमा साथ दिएकी छिन्। उक्त गीतको म्युजिक भिडियोमा नायिका नीता ढुंगानाले मोडल सविन लामासंग रोमान्स गरेकी छिन्। दुबै गीतलाई रञ्जना म्युजिकले रिलिज गरेको हो।

त्यसो त यो गीतमा अंक ‘दुई’ को रमाइलो संयोग जुरेको छ। गायक तथा संगीतकार थानेश्वर गौतमले यी दुबै गीतमा स्वर तथा संगीत दिएका छन्। दुबै गीतका भिडियोकी नायिका नीता ढुंगाना हुन्। सञ्चारकर्मी सुव्रत आचार्यले दुबै भिडियोहरु निर्देश्ँन गरेका छन्। अझ रमाइलो कुरा के छ भने दुबै भिडियोमा अर्जुन तिवारीको छायांकन तथा भरत रेग्मीको सम्पादन छ।

नायिका रेखा थापाको पछिल्लो चलचित्र ‘रामप्यारी’मा संगीत दिएपछि चर्चामा आएका यी गायक तथा संगीतकार गजल तथा शास्त्रिय मिश्रण गरिएका आधुनिक गीतहरुको सिर्जना गर्नुका साथै गायनमा पनि स्थापित भैसकेका छन्।

म्युजिक भिडियो हेर्नुहोस्


SUBSCRIBE 👉