‘म त तिम्रै हुँ’ को नयाँ गीत सार्वजनिक ( भिडीयो )


प्रतिक्षित नेपाली चलचित्र ‘म त तिम्रै हुँ’ को दोस्रो नयाँ गीत रिलिज भएको छ। ‘फ्री योरसेल्फ…’ बोलको गीतमा हर्कुलस बस्नेतको शब्द संगीत र अल्मोडा राना र संजिमाको स्वर सुन्न सकिन्छ।

अनमोल क्रियसनको ब्यानरमा सुष्मिता केसीले निर्माण गरेको चलचित्रका यस अघि रिलिज गरिएको एक गित र चलचित्रको ट्रेलरलाई दर्शक श्रोताले खुबै मन पराएका छन्।

ma-ta-timrai-hoon-nepali-movie

चलचित्रमा अनमोल केसी र सुवाष थापाले संयुक्त रुपमा लगानी गरेका छन्। श्रीराम महतले निर्देशन गरेको यो चलचित्रमा सौरभ लामाको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा चलचित्रका मुख्य कलाकार आकाश श्रेष्ठ र नायिका ज्योत्सना योगी लगायत जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुशन खड्का, अर्जुन खड्का र सुशील काफ्ले लाई फिचरिंग गरिएको छ।

SUBSCRIBE 👉