आज त क्या ब्युटी भाकी छौ… कमेडी ‘लालजोडी’ को भिडियो गीत


भदौ १७ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने भएको चलचित्र ‘लालजोडी’को पहिलो भिडियो गीत रिलिज गरिएको छ। चलचित्र संचारकर्मी लक्ष्मण सुवेदीको निर्माण तथा निर्देशनमा तयार भएको हो।

laal-jodi

‘गाजल लाएर हो’ बोलको गीतमा चलचित्रका मुख्य कलाकारलाई हेर्न सकिन्छ। कमेडी शैलीको यो चलचित्रमा ज्योती काफ्ले, रजनी केसी, आयुष्मा कार्की, वुद्धी तामाङ, पुरन थापा, किशोर भण्डारी, गोविन्द कोइराला लगायतका कलाकारको अभिनय छ।

दीनेश सुवेदीको शब्द, टंक बुढाथोकीको संगीत, राजेश पायल राइ र मनिषा पोख्रेलको आवाज रहेको यो गीत रोमान्टिक शैलीमा तयार भएको छ। भिडियोमा ज्योतीको प्रेम रजनी र आयुष्मा दुबैसँग देखिएको छ।

SUBSCRIBE 👉