रिहानालाई फेसन आइकन पुरस्कार


rihanaआर एण्ड बी स्टार रिहाना फेसन आइकन पुरस्कारद्धारा सम्मानित हुने भएकी छन्। २६ वर्षीय यी सुन्दरी गायिकालाई अमेरीकी फेशन डिजाइनरका परिषद काउन्सिल अफ फेशन डिजाइनर्सले सो सम्मान दिन लागेको हो।

‘अम्रेला’बाट चर्चीत यी गायीकालाई लगातार नयाँ नयाँ डिजाईनका पहिरन प्रयोग गरेका कारणले यो सम्मान दिइन लागीएको हो। रिहानालाई २०१४ जुन २ मा न्यु योर्क सिटिमा आयोजना हुने समारोहमा सम्मानित गरिने भएको छ।

‘रिहानालाई हामीले फेशन आइकन पुरस्कार सम्मानीत गर्न पाउदा निकै खुसी लागेको छ। ‘ सीएफडीएका मुख्य कार्यकारी अधिकृतले भने ,’फेसनको दुनियामा उनको प्रभाब निकै छ ‘ । हट एण्ड सेक्सी यी गायिका मोडलिङमा पनि देखिने गरेकी छन्। -एजेन्सी­

SUBSCRIBE 👉