नायिका रेखा थापा पुन: निर्देशनमा – चलचित्रकालागी नयाँ हिरोको खोजि !


नायिका रेखा थापाले आफ्नो फिल्म प्रडक्सन कम्पनिको ब्यानरबाट निर्माण हुन लागेको चलचित्र निर्देशन गर्ने भएकी छिन। चलचित्रको शिर्षक भने हाल सम्म तय भएको छैन।

Actress-Rekha-Thapa

थापाकै लिड रोल रहने चलचित्रलाई आमा सरस्वती थापाले निर्माण गर्न लागेकी हुन्। यसै चलचित्र मार्फत रेखाले नेपाली फिल्मी दुनियामा नयाँ हिरो पनि जन्माउने बताएकी छिन। हाल नयाँ हिरोको खोजि भईरहेको छ।

नयाँ सालको शुभारम्भको अवसरमा प्रदर्शन हुने बताईएको चलचित्र दशैँ लगत्तै फ्लोरमा जाने थापाले बताईन। चलचित्र ‘हिम्मतवाली’ पछि पुन: निर्देशनमा निस्कने तयारीमा रहेकी रेखाले भनिन् – अलि फरक ढंगमा मनोरन्जनात्मक, नारी शशक्तिकरणमा केन्द्रित र सामाजिक सन्देशयुक्त चलचित्र बनाऊदै छु।’

SUBSCRIBE 👉