आदिवासी जनजाति चलचित्र प्रोत्साहन तथा सम्मान २०७३ – फोटो फिचर


दोश्रो आदिवासी जनजाति चलचित्र प्रोत्साहन तथा सम्मान कार्यक्रम २०७३ सम्पन्न भएको छ। आदिवासी जनजाति मात्रृभाषा चलचित्र प्रबर्द्धन समितिले चलचित्र बिकास बोर्डमा कार्यक्रम आयोजना गरेको थियो।

Jyoti-Rai-5

गत बर्ष देखि सुरु भएको कार्यक्रममा यो वर्ष देखि आदिबासी जनजाती चलचित्र क्षेत्रमा सकृय गतिबिधी गर्दै आएका एक जना ब्याक्तित्व लाई ‘आदिवासी जनजाती चलचित्र प्रतिभा सम्मान’ले सम्मान गरिने घोषणा पनि गरिएको छ।

Jyoti-Rai-3

यो बर्षको ‘आदिवासी जनजाती चलचित्र प्रतिभा सम्मान’ पुरस्कार मोफोसलमा बसेर आदिबासी जनजाती चलचित्रमा लामो समय देखि सकृय रहेर अहिले सम्म सबैभन्दा बढी भाषामा जनजाती चलचित्र, बृतचित्र निर्देशन गरेका पुर्बान्चल सुनसरि इनरुवा घर भई हाल धरान बसोबास गर्दै आउनु भएका अरुन प्रधानलाई प्रदान गरिएको छ। बिकास बोर्डका अध्यक्ष राज्कुमार राईले प्रधानलाई ‘आदिवासी जनजाती चलचित्र प्रतिभा सम्मान’ पुरस्कारले सम्मान पुरस्कार गरेका थिए। प्रधानले अहिले सम्म लिम्बू, राई, मगर, रजबन्शी, थारु, याक्खा भाषाको चलचित्र तथा बृतचित्र निर्देशन गरिसकेका छन्।

Jyoti-Rai-1

त्यसै गरि उक्त अवसरमा २०७२ सालमा निर्माण भएर चलचित्र बिकास बोर्डमा दर्ता भएका उत्कृष्ट आदिबासी चलचित्रहरुलाई सम्बन्धित जातिय सन्स्थाको सिफारिसमा प्राप्त भएका चलचित्रहरुलाई समेत सम्मान गरियो। सम्मानित हुने चलचित्रहरुमा नेवारी समुदायको ‘कृशा गौतमि’, गुरुङ समुदायको ‘कर्म क्या’, किराँत राई समुदायको ‘यारी’, यक्खा भाषाको पहिलो चलचित्र ‘ओम्ला’, राजबन्शी समुदायको ‘दखल’ र प्रबर्द्धन समिती सम्मान चलचित्र ‘पाते २’ ले प्राप्त गरेको छ।

Jyoti-Rai-2

कर्यक्रमको सभापतिको आसन ग्रहन प्रबर्द्धन समिति का सह-संयोजक ज्योति राज राईको थियो। कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार र कलाकार संघका अध्यक्ष रमकेसर बोगटी र निर्देशक जनक दिप पराजुली विशेष अतिथीका रुपमा आशन ग्रहण गरेका थिए।

SUBSCRIBE 👉