गायक, संगीतकार तथा रचनाकार राम बहादुर बाँडेका तीन एल्बम एकसाथ रिलीज


गायक, संगीतकार तथा रचनाकार राम बहादुर बाँडेका तीन वटा एल्बम एकै साथ सार्बजनिक गरिएको छ। नेपाली आधुनिक गीति संग्रह ‘नसोचेको भाग -२’, भजन माला १ (नेपाल भाषा) र भजन माला १ (नेपाली भाषा) गरि तीन एल्बम सार्वजनिक भएका हुन्। आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेलको प्रमूख आतिथ्यतामा एल्बम सार्वजनिक गरिएको हो।

Album-Release

‘नसोचेको भाग -२’मा संग्रहित दुई गीतका भिडियो पनि सार्वजनिक गरिएको छ। दुवै गीतका भिडियोलाई रमेश पोख्रेलले निर्देशन गरेका हुन्। भिडियोहरुमा नीता ढुंगाना, दिल श्रेष्ठ, नम्रता योगी, सुरज आर.डि. लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

सार्वजनिक आधुनिक गीतमा अष्ट लामाको संगीतमा राम बहादुर बाडे र अञ्जु पन्तको स्वर छ। एल्बममा रहेका सबै गीतका रचनाकार बाडे नै हुन्। साथै, नेपाल र नेपाली दुवै भाषामा भजन मालामा संगीत, शब्द तथा स्वर राम बहादुर बाडेको नै रहेको छ।

बाल्यकाल देखिनै संगीत क्षेत्रमा आबद्द रहेका बाडेले शास्त्रिय संगीतमा स्नातक गरेका छन्। उनले यसअघि ‘नसोचेको’ आधुनिक एल्बम तथा चलचित्र ‘दुलही’मा रहेको ‘सुन जोख्ने तराजुमा’ बोलको गीतमा संगीत दिएका थिए। उनि ‘दुलही’ चलचित्रका निर्माता पनि हुन्।

SUBSCRIBE 👉