संचिता र जीवनको रोमान्टिक केमिस्ट्री! हेर्नुहोस् चलचित्र राधाको गीत


संचिता लुइँटेल र जीवन लुइँटेल मुख्य भूमिकामा रहेको चलचित्र ‘राधा’मा शमबेश एक भिडियो गीत रिलिज भएको छ। योगेश घिमिरेको निर्देशनमा निर्माण भएको यो चलचित्र शुभ दिपावलीको अवसर पारेर कार्तिक १२ गते बाट अल नेपाल रिलिज हुँदैछ।

Jiwan-Luitel-Sanchita-Luitel-Nepali-Movie-Radha-1

लोकलयमा आधारित ‘छपक्कै’ बोलको गीतको भिडियोमा जीवन लुइटेल र संचिता लुइटेललाई फिचरिङ गरिएको छ। ‘छपक्कै’ बोलको गीतमा किरण गजमेर र मेलिना राइको आवाज सुन्न सकिन्छ। गीतमा एकनारायण भण्डारीको शब्द र बसन्त सापकोटाले संगीत भरेका छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

कविराज गहतराजको कोरियोग्राफी रहेको यो गीतमा चियाबारीको मनमोहक सुन्दर दृश्यहरुलाई ब्याकग्राउण्डमा राख्दै जीवन र संचिताको रोमान्टिक मुडलाई हेर्न सकिन्छ।

मानकृष्ण महर्जनको छायांकन, अर्जुन जीसी र मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई बिष्णुमणी दाहाल र सुशिल कार्कीले निर्माण गरेका हुन्।

SUBSCRIBE 👉