नारी अवतारमा राजेस हमालको एस्तो एक्सन ! हेर्नुहोस् चलचित्र ‘शकुन्तला’ को ट्रेलर


नायक राजेश हमाललाई नारी अवतारमा प्रस्तुत गरिएको चलचित्र ‘शकुन्तला’को ट्रेलर रिलिज गरिएको छ। “मेरो यो रुप सम्पूर्ण नारीको सम्मान हो र त्यो पुरुषलाई चुनौती हो जसले नारीलाई अपमान गर्छ।” ट्रेलरको सुरुमा नै राजेश हमालको यो डाईलग सुन्न सकिन्छ।

Rajesh-Hamal-Woman-Looks-Nepali-Movie-Shakuntala-1

दिनेश श्रेष्ठ द्वारा निर्देशित यो चलचित्रको मुख्य भूमिकामा नायक राजेस हमाल छन्। नायक हमाल यो चलचित्रमा महिला अवतारमा देखिएका छन्, जो महिलाका विरोधीहरुलाई अन्त्य गर्न लागिपरेको छ।

चलचित्रमा नायक किशोर खतिवडालाई पनि एक्सन भूमिकामा प्रस्तुत गरिएको छ। चलचित्रमा राजेस र किशोर संगै अनु शाह, रविन्द्र बस्नेत, रवि गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

२ मिनेट २८ सेकेन्ड लामो चलचित्रको ट्रेलरमा महिलाको सम्मान र इज्जतको कुरालाई प्राथमिकता दीइएको छ। भदौ १० गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा नायक हमालको महिला अवतार भूमिकालाई लिएर दर्शकमा कौतुहलता छाएको छ।

“शकुन्तला” ट्रेलर हेर्न यहाँ किल्क गर्नुहोस्

SUBSCRIBE 👉