विवाहले मानिसलाई खुशी बनाउन नसक्ने हमालको दाबी


Rajesh-Hamalग्ल्यामर नेपाल, काठमाडौं । केही समय अगाडि राजधानीमा भएको एनसेल लिटलेचर फेस्टिभलमा विवाहलाई ढोंगी नाताको संज्ञा दिएका महानायक राजेश हमालले विवाह सम्बन्धी अर्को कठोर धारणा सार्वजनिक गरेका छन्। विवाहले मानिसलाई खुशी बनाउन नसक्ने हमालको दाबी छ। ‘एउटा महिला र पुरुषले सधैं एकअर्कालाई माया गरिरहन सक्दैनन्। बिहेले एकअर्कालाई जीवनभर सम्झौता गरेर बस्न बाध्य बनाउँछ। त्यसैले यसबाट मानिसहरु खुसी हुन सक्दैनन्,’ हालै पोखरामा सम्पन्न युएस युथ काउन्सिलका तेस्रो ब्याचका प्रतिनिधिसँगको अन्तरक्रियामा उनले भनेका छन्। फिल्ममा २५ वर्ष बिताइसकेका हमाल अविवाहित हुन्। मधु भट्टराईसँगको प्रेममा रहेका हमालले विवाहसम्बन्धी दिएको अभिव्यक्तिले उनी अझ विवाह गर्ने मुडमा नरहेको प्रष्ट भएको छ।

अन्तरक्रियामा निकै खुलेर प्रस्तुत भएका माया, प्रीति र सम्बन्ध सबै ढोंग भएको बताएका थिए। युवा अवस्था, पहिलो प्रेमिका र रोमान्सका कुरा रुसमै अनुभव गरेको हमालको भनाई थियो। ‘युवामा हुने भावनात्मक र सामाजिक परिवर्तनलाई फिल्मको माध्यमबाट बुझ्ने मौका पाएकोले त्यसप्रति आकर्षित भएँ,’ फिल्ममा प्रवेश गर्नुको कारण प्रष्ट्याउँदै उनले भनेका थिए, ‘अभिनय भनेको लोकतान्त्रिक क्षेत्र हो। जहिलेसम्म दर्शकले मन पराउँछन् कलाकारको आयु टिक्छ। दर्शकले मन नपराए राम्रो अभिनय गर्ने कलाकार पनि टिक्न सक्दैनन्।’ दर्शककै मायाको कारण आफू अढाई दशक टिकेको उनको भनाई थियो।

नेपाली फिल्ममा ‘एंग्री योङ म्यान’को छाप बनाउन सफल हमालले आफूले अभिनय गरेका भूमिकाहरुले सबै वर्गका नेपाली दर्शकलाई जोडेको दाबी गरेका थिए। दिल्लीमा २९ वर्षअघि मोडलिङ र र्‍याम्प वाक गर्दागर्दै ६ महिने अभिनय कोर्स पुरा गरेर काठमाडौं आएर उनी दिपक रायमाझीको फिल्म ‘युगदेखि युग’मा हिरो बनेका थिए। उनी अभिनयको अनुभवमा चाँडै निर्देशनमा सदुपयोग गर्ने तयारीमा छन्। उनले कुन विषयमाथि फिल्म बनाउन खोजेका खुलस्त पारेनन्।

हमालले केहि समय अगाडी बिबाहका बारेमा एस्तो बोलेका थिए – भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

SUBSCRIBE 👉