निखिल र संचिता, को भन्दा को कम ?


अभिनयमा रार्म्रो नाम कमाइ सकेपछि वैवाहिक जीवन सुरु गरेका नायक निखिल उप्रेती र नायिका सञ्चिता लुइँटेल विवाहपछि केही समय चलचित्रबाट टाढिए।

Nikhil-Upreti-Sanchita-Luitel

उनीहरू दुवैका कमब्याक चलचित्र भने व्यवसायिक रूपमा सफल भए। निखिल अभिनीत भैरव र सञ्चिताले अभिनय गरेको चलचित्र ‘नाइँ नभन्नु ल’ ले सफल व्यापार गर्यो। यतिखेर निखिल चलचित्र ‘संरक्षण’ र ‘निर्भय’मा व्यस्त छन् भने सञ्चिता चलचित्र ‘राधा’ र ‘गुनगुन’ का लागि ब्यस्त छिन।

निखिलले चलचित्रमा काम नगर्न सल्लाह दिए पनि नायिका सञ्चिता श्रीमानको सुझावलाई अस्वीकार गर्दै एकपछि अर्को चलचित्रमा काम गर्न थालेकी छिन्।

राधा र गुनगुन दुवै चलचित्रमा मुख्य भूमिका पाएकोले काम गरेको सञ्चिताको तर्क छ। अरू चलचित्रबाट पनि अफरहरू आइरहेका छन्, सञ्चिता भन्छिन्-राम्रो काम पाइरहेको समयमा कसरी काम गर्दिनँ भन्नु ? जे होस्, प्रतिस्पर्धा चाहिँ श्रीमान्-श्रीमती बीच राम्रै चलेको जस्तो छ।

SUBSCRIBE 👉