३० देशका सुन्दरीहरु नेपालमा भेला हुने


miss heritageग्ल्यामर नेपाल, काठमाडौ । जिम्बाबे, इटाली, भारत, इजिप्ट, रसिया, मकाउ, लाटिभिया, घाना, इस्टोनिया, न्युजिल्याण्ड, कोरिया लगायतका ३० राष्ट्रका सुन्दरी नेपालमा भेला हुने भएका छन्। अन्तर्राष्ट्रिय क्षेत्रमा आयोजना हुने विभिन्न प्रतियोगीतामा नेपालबाट प्रतियोगी पठाउँदै आएको ईप्लानेटले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने भएको हो। ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन तथा सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता आयोजना गर्न लागेको इप्लानेटका अध्यक्ष सन्तोस सापकोटाले जानकारी दिए। नेपालको सौन्दर्य प्रतियोगिताकै इतिहासमा पहिलो पटक अन्तराष्ट्रिय स्तरको प्रयोगिता आयोजना गर्न लागेको इप्लानेटले यसको सुरुवात भने यसै वर्ष मिस हेरिटेज इन्टरनेशनलबाट गर्ने भएको छ।

यसअगाडी जिम्माबेको सिपीती मिडियाले आयोजना गर्दै आएको यस प्रतियोगिता यसपटक नेपालमा आयोजना गर्न इप्लानेटले जिम्मेवारी पाएको हो। नेपालमा आयोजना हुने यो प्रतियोगिताको छैटौ संस्करण हो। इप्लानेटले विगतमा स्वदेश र बिदेशमा गरेको बिभीन कार्यक्रम हेरेर जिम्बाबेको मिस हेरिटेज मुल आयोजक कम्पनीले छैठौं संस्सरणको प्रतियोगिताका लागि ईप्लानेटलाई विश्वास गरेको हो।

पाँचौ संस्करण गतवर्ष चिनमा सम्पन्न भएको थियो। मिस हेरिटेज इन्टरनेशनल युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि हुँदै आएको छ। सम्बन्धित मुलकका साथै विश्वका सम्पदा, कला, संस्कृति, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु यस प्रतियोगिताका सहभागी र विजेताको दायित्वं कर्तव्य हुने गर्छ।

‘यो अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालको कला, संस्कृति, सम्पदा, पर्यावरण तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौं,’ ईप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले भने, ‘यसले अन्तराष्ट्रिय क्षेत्रमा नेपालको पहिचान दिलाउन तथा विश्वसामु नेपाललाई चिनाउन र सांस्कृतिक आदान प्रदान समेत सघाउने छ।’ प्रतियोगिता तयारीका लागी जिम्बाबेस्थित मुख्य आयोजक कम्पनी सिपीती मिडियाको टोली काठमाडौं आफै आएर तयारी गर्ने आयोजकले जनाएको छ।

SUBSCRIBE 👉