बलिउडका कलाकार शत्रुघन सिन्हा नेपाल आईपुगेका छन्। काठमाण्डौमा भदौ २२ गते बुधबार आयोजना हुने ‘एलजी फिल्म अवार्ड’मा सहभागी हुन उनी नेपाल आएका हुन्। निर्माता, निर्देशक तथा एलजी फिल्म अवार्ड आयोजक समितिका अध्यक्ष दिनेश डिसी उनलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका थिय।
त्रिभुवन विमानस्थलको अती विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै सिन्हाले नेपालको सुन्दरता, नेपालीहरुको सत्कारले आफूलाई निकै निकै प्रभाव पारेको भन्दै नेपाल र नेपालीको तारिफ गरे। उनले आफू पशुपतिनाथको दर्शनकालागि पनि नेपाल आउने गरेको बताए।
बुधबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्ने तथा दिउँसो फिल्म अवार्ड कार्यक्रममा मुख्य अतिथिको रुपमा सहभागी हुने उनको सेड्युल छ। उनले अवार्ड कार्यक्रममा आफ्नो बायोग्राफीकल बुक पनि सार्वजनिक गर्ने छन्। यो पुस्तकमा उनको फिल्मी स्टारडम देखि राजनीतिक जीवन सम्म शमाबेश गरिएको छ।
विमानस्थलमा पत्रकारहरु सँगको भेटघाटमा निकै रमाइलो शैलीमा प्रस्तुत भएका शत्रुघन काठमाण्डौको सोल्टी होटलमा बसेका छन्।