अन्ततः नायक सुधांशु जोशी र नायिका उषा पौडेलले लगन गाँठो कसेका छन्। केहि समय प्रेममा रहेको यो जोडीले बिहे गर्ने निर्णय गरेको खबर सार्वजनिक भएपछि यसले केहि समय चर्चा पाएको थियो। सुधांशु आफैले बिहेको बिषयमा खण्डन समेत गरेका थिए।
उनीहरूले अमेरिकाको बाल्टिमोरमा हिन्दु परम्परा अनुसार बिबाह गरेका हुन्। एक अर्कालाई जीवनसाथी रोज्दा उषा र सुधांशु निकै खुशी देखिएका छन्।
उनीहरूको बिबाहमा हाल अमेरिका बसिरहेका नेपाली फिल्मकर्मी पनि सहभागी भएका थिए। बिबाहमा नायिका ऋचा घिमिरे परिवार सहित सहभागी भएकी थिइन् भने झरना थापा दम्पत्ती, अरुणीमा लम्साल, पूजा चन्द पनि उहरूको बिबाहमा उपस्थित थिए।
तस्विर ग्यालरी हेर्नुहोस्