प्रतीक्षित फिल्म प्रेमगीत २ ले राजधानीमा आयोजित प्रेसमिटमा कभरसङ कम्पिटिसन आह्वान गरेको छ। विश्वभरका प्रतिस्पर्धीले फिल्मको शीर्ष गीत ‘कहानी यो प्रेमगीतको… ‘ गाएर निर्माण कम्पनीलाई पठाउनु पर्नेछ। प्रेसमिटमा निर्देशक रामशरण पाठक र निर्माता सन्तोष सेनले प्रतिस्पर्धाका दायराहरुका बारेमा जानकारी गराए।
प्रतियोगीले गाएको गीतको भिडियो बैशाख १८ देखि असार २० गतेसम्म युट्युवमाअपलोड गरिसक्नुपर्ने र भिडियोको लिंक सहित व्यक्तिगत विवरण aasusenfilm[at]gmail.comमा पठाउनु पर्नेछ। सो भिडियोलाई फिल्म निर्माण कम्पनीले पुन आधिकारिक यु ट्युब च्यानल ‘हाइलाइट्स नेपाल’मा पोस्ट गर्नेछ। भिडियोको भ्युअर्स सङ्ख्या हाइलाइट्स नेपालको यु ट्युब च्यानलमा भएको भिडियोको मात्र गणना हुनेछ। विजेताको घोषणा भदौ १ गते गरिने छ।
निर्णायक मण्डलको निर्णयको आधारमा एक महिला र एक पुरुषलाई विजेता घोषणा गरिने र दुबै विजेतालाई जनही १ / १ लाई प्रदान गरिने भएको छ। साथै, दुवै विजेताले आशुसेन फिल्मसको आगामी प्रोजेक्टमा पाश्र्वगायनको अवसर प्राप्त गर्नेछन्।
अघिल्लो फिल्म ‘प्रेम गीत’ को कभरसङ विजेता सागर संसार राईले प्रतिस्पर्धामाआफू विजयीहुँदा र गीत रेकर्ड गर्दाको अनुभव सुनाएका थिए। उनले प्रेमगीत २ मा एक भावुकगीतमा स्वर दिएका छन्। साउन १३ मा यो फिल्म रिलिज हुँदैछ।