हट देखिएकी स्वस्तिमालाई प्रदीपले घुमाउने – मोटरसाईकलमा…


आशुसेन पिक्चर्सको ब्यानरमा सन्तोष सेनले निर्माण गरेको फिल्म हो – प्रेम गीत २। यो फिल्म दर्शकहरुको प्रतिक्षाको सुचिमा छ। फिल्ममा हिरो प्रदिप खड्का र नया हिरोईन अस्लेशा ठकुरीको मुख्य भूमिका छ। यो फिल्मको अघिल्लो भाग ‘प्रेम गीत’ जस्तै यो सिक्वेल पनि गीत संगीतका कारण अहिले चर्चामा छ। करिब एक महिना अघि रिलिज गरिएको गीत ‘कहानी यो प्रेम गीतको…’ चर्चा सेलाउन नपाऊदै फिल्म निर्माण युनिटले अहिले अर्को गीत रिलिज गरेको छ।

Swastima Khadka Pradeep Khadka Photo

क्लब भित्र खिचिएको रिलिज गीतमा हिरोईन स्वस्तिमा खड्काको गेस्ट एपीरिएन्स छ। हट देखिएकी स्वस्तिमा को साथमा प्रदीप खड्का र अश्लेषा ठकुरीको पनि भिडियोमा अभिनय छ। युबी थापाले डिजाइनगरेको ड्रेसहरुमा कलाकारहरु सुन्दर देखिएका छन्। भिडियोमा प्रदिप र स्वस्तिमालाई रेनशा वान्तवा राईले नचाएकी हुन्।

‘मोटरसाइकलमा…’ शिर्षक रखिएको गीतमा नेपाली संगीत संगै बिदेशी संगीत (स्कटिस संगीत)को फ्युजन छ। संगीतकार एलिस कार्कीले यो गीतको संगीत कम्पोज गरेका हुन्। चलचित्रमा यो नै उनको पहिलो कम्पोज हो। प्रताप दास र इन्दिरा जोशीको स्वर रहेको गीतका शब्दहरु राजेशकुमार श्रेष्ठ र बबिनले कोरेका हुन्।

नेपाल, थाईल्याण्ड र बर्माका आकर्षक स्थानहरुमा छायाँकन गरिएको यो फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन्। साउन १३ गते “प्रेम गीत २” अल नेपाल रिलिज हुँदैछ।

SUBSCRIBE 👉