निखिल उप्रेतीको संगीतमा ‘आई एम च्याङ्ग्वा…’ । फिल्म ‘रुद्र’ को गीत रिलिज


साउन १३ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘रुद्र’को पहिलो गीत रिलिज भएको छ। ‘आइएम च्याङ्ग्वा’ वोलको गीतमा अभिनेता निखिल उप्रेतीले संगीत भरेका हुन्। यो गीतमा पछिल्लो समय सार्वजनिक भईरहेका विभिन्न गीतहरु भन्दा भिन्न परिवेश जोडिएको छ।

तामाङ जातीमा प्रसिद्ध तामाङ सेलोले प्रेमभाव बोल्छ। गीतमा शब्द जगदिश्वर थापाको छ भने स्वर शशीविक्रम थापा, संगीता तिमल्सिना र सोना अमात्यको छ। लिड कलाकार विश्व र सारासँगै ज्याक श्रेष्ठ फिचरिङमा छन्।

भिडियो हेर्नुहोस्

रामजी लामिछानेको निर्देशनमा बनेको फिल्मको केहि दिन पहिले सार्वजनिक ट्रेलरले राम्रो प्रतिक्रिया पाएको छ। विशेषतः एक्सन प्रधान भनिएको ट्रेलरलाई सम्बन्धित जनरा अनि एक्सन लभस्टोरी मन पराउनेहरुले रुचाएका छन्।

यो फिल्ममा एक्सन स्टारको उपमा पाएका निखिल भिलेन अबतारमा प्रस्तुत छन्। सौरभ लामाले खिचेको फिल्मलाई काठमाडौंमा विके फिल्मस् र मोफसलमा एफडी कम्पनिले वितरण गर्दैछ।

SUBSCRIBE 👉