सायद २ को दोस्रो ट्रेलर रिलिज


यो वर्ष प्रतिक्षाको सुचिमा रहेको चलचित्रहरु मध्य ‘सायद २’ पनि एक हो। दुर्गिश फिल्म्सको प्रस्तुतिमा सुनिल रावल, इश्वर श्रेष्ठ र सुभाष लामिछानेको संयुक्त लगानीमा निर्माण भएको यो चलचित्रको दोश्रो ट्रेलर रिलिज भएको छ। दोश्रो ट्रेलरमा पनि यूवापुस्ताको रोमान्स, प्रेम, विछोड र एक्शनलाई नै स्थान दिइएको छ। यो चलचित्रलाई पुष्पराज टि न्यौपानेले निर्देशन गरेका हुन्।

सायद २ को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

चलचित्रमा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ,अमृत ढुङ्गाना, कुशल पाण्डे, सुनिल रावल,सुशिल सिटौला, निशा कार्की, रुबिना श्रेष्ठ र बुद्धिलाल मगरको मुख्य अभिनय रहेको छ। चलचित्रमा राजु विक्रम थापाको छायांकन, दिर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्धन्द्ध निर्देशन रहेको छ। असार ३० गते बाट अल नेपाल यो चलचित्र प्रदर्शन हुँदै छ।

SUBSCRIBE 👉