आशिरमान र आनाको ‘ग्याङस्टर ब्लुज’ अस्ट्रेलियामा प्रिमिएर हुने


Anna Sharma Aashirman joshi

आना शर्मा, आशिरमान देशराज जोशीको मुख्य भूमिका रहेको चलचित्र ‘ग्याङस्टर ब्लुज’ टिम एतिबेला मुख्य कलाकारको साथ मोफसल टुरमा छ। उपत्यका बाहिरका विभिन्न शहरमा कार्यक्रमहरु आयोजना गर्दै चलचित्र निर्माण टिमले प्रचार प्रसार गरिरहेको छ।

हेमराज बिसी निर्देशित ‘ग्याङस्टर ब्लुज’ भदौ २ गते अल नेपाल रिलिज हुदैछ। तर, नेपाल रिलिज हुनु अगाडी नै यो चलचित्र अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ।

एस्तो छ ‘ग्याङस्टर ब्लुज’ को ट्रेलर । यहाँ क्लिक गर्नुहोस्

अस्ट्रेलियाका ६ शहरमा यो फिल्म प्रदर्शन हुन् लागेको निर्माता सरोज न्यौपाने जानकारी दिएका छन्। सिड्नीमा अगष्ट १३ र १४ मा फिल्मको प्रिमियर हुनेछ। बाँकी पाँच शहरमा भने नेपाल रिलिज सँगै प्रदर्शन हुनेछ। हिमा-अस र मुग्लानको मूख्य प्रयोजनमा ड्रिम हाईट र रकडेल ब्वाईजले अस्ट्रेलियामा सिनेमा प्रदर्शन गर्न लागेको हो।

यो चलचित्रमा आना र आशिरमान संगै संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ। मनिष पण्डित ‘ग्याङस्टर ब्लुज’को कार्यकारी निर्माता हुन्। चलचित्रमा सरोज न्यौपाने र हेमराज बीसीले मिलेर लगानी गरेका छन्।

SUBSCRIBE 👉