गायिका मिलन अमात्यले गरिन् सम्बन्ध विच्छेद


नयाँ पुस्ताकी चर्चित गायिका हुन् – मिलन अमात्य। जहिलेसम्म संसारमा…, चलचित्र ‘नोट बुक’को गाला रातै…, रेखा थापाको फिल्म ‘काली’को बट स्लोली स्लोलि… जस्ता थुप्रै चर्चित गीतहरु गाईसकेकी मिलन अमात्यको यतिबेला श्रीमानसँग डिर्भोस भएको छ। काठमाडौँ जिल्ला अदालतमा डिर्भोस भएको उनका श्रीमान मेन्सनले प्रस्ट पारे भने मिलनले पनि औपचारिक रुपमा अदालतबाट डिभोर्स लिएको स्वीकारिन्। मिलन र मेन्सन करिव ६ बर्ष अघि विवाह बन्धनमा बाधिँएका थिए।

भारतको आसाममा जन्मेकी गायिका मिलनले करिव ६ बर्ष अघि काठमाडौंका मेन्सन अमात्यसँग विवाह गरेर नेपाल भित्रिएकी थिइन्। डिभोर्सको कारण स्पस्ट हुन नसके पनि उनीहरु दुवैको सहमतिमा नै डिभोर्स भएको बुझिएको छ। मिडियाहरुमा प्रकाशित खबरहरुलाई विश्वास गर्ने हो भने मिलन केहि समय देखि अर्का गायक दिपक लिम्वु संग प्रेममा छिन्। तर कला क्षेत्रका लागि वैवाहिक जीवनको अन्त्य गरेको मिलनको भनाई छ।

SUBSCRIBE 👉