पछिल्लो समयमा हातमा फिल्म नपरेपछि बलिउड अभिनेत्री नेहा धुपिया हट फोटोसुटमा व्यस्त हुन थालेकी छन्। मनोरञ्जन सम्बन्धी पत्रिका एफएचमको मे संस्करणका लागि नायिकाले निकै हट किसिमका फोटो खिचाएकी छन्।
बलिउडका हरेक सेलीब्रेटीको चाहना एफएचएमको कभरमा तस्वीर आओस् भन्ने हुन्छ। यही चाहनालाई यसपटक नेहाले पुरा गरेकी छन्। खिचिएको तस्वीरमा नेहालाई निकै हट रुपमा प्रस्तुत गरिएको छ। टु पिस पहिरनमा देखिएकी उनले आफुलाई कामूक देखाउन मुहारको हाउभाउ पनि फेरेकी छन्।
नेहालाई चाँडै नै दर्शकले ‘इक्किस टोपो कि सलामी’ नामक फिल्ममा संगीत क्षेत्रबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी महिलाको भूमिकामा देख्नेछन् । उनले पत्रिकाका लागि खिचेका तस्वीरबाट आफु सन्तुष्ट भएको बताएकी छन्।
भिडियो हेर्नुहोस










