सधै अर्धनग्न युवतीहरुबीच रहने धनाढ्य बुढा!


शरीरभरी ट्याटु खोपाएका उनी अक्सर अर्धनग्न तरुनीहरुबाट घेरिएका हुन्छन्। यो कथा हो प्लेब्वाइको। प्लेब्वाइ मात्र होइन, अति धनाढ्यको। उमेरको हिसाब लगाउने हो भने, ५० वर्ष पार गरिसके। हाम्रो सन्दर्भमा हेर्ने हो भने, धर्मकर्म, तीर्थब्रतमा लाग्नुपर्ने उमेर हो यो। तर, यी बुढा अझै जवान छन्। जवान भन्दा पनि जवान जतिकै रोमान्टिक छन्। उनको चर्चा पनि रोमान्सकै कारण हुने गर्छ। इटालीका अर्बपति गियानलुका वाछी हो उनको नाम। आफ्नो लक्जरी लाइफस्टाइल र पार्टीका कारण उनी बारम्बार चर्चामा आउने गर्छन्। शरीरभरी ट्याटु खोपाएका उनी कहिले समुन्द्री किनारमा त कहिले स्विमिङ पुलमा अर्धनग्न तरुनीहरुसँग घेरिएर रहेका हुन्छन्।

उनको लाइफस्टाइलबाट चकित लाखौ युवा उनलाई पच्छ्याइरहेका छन्, सोसल मिडियामा। इन्स्टाग्राममा उनका फलोअर्स एक करोडभन्दा बढी छ। एक अन्र्तवार्तामा उनले के भनेका छन् भने, ‘मलाई आफ्नो तस्बिर मन पर्दैन। म एकदमै लजालु स्वभावको छु। मलाई युवतीसँग कुरा गर्न हिम्मत हुँदैन।’ यद्यपी आफ्नो चमकदमकपूर्ण जीवनशैली भने २० बर्षको उमेरदेखि नै अंगाल्दै आएको उनको भनाइ छ। केही समयअघि उनी एकदमै धेरै ऋणमा डुबेको चर्चा थियो । बैंकको ऋण चुकाउन नसकेकै कारण उनको प्राइभेट जेट, लक्जरी याचसहित केही सम्पत्ति जफत गरिएको थियो।

SUBSCRIBE 👉