रिहानाको पारदर्शी पहिरन


Rihanna-Transparent-Looks
हलिउडका कलाकारहरु प्राय भइरहने सार्वजनिक कार्यक्रममा अनौठो किसिमका पहिरन लगाएर प्रस्तुत हुन्छन्। जो कार्यक्रमका प्रमुख आकर्षण पनि बन्छन्। हालै अमेरिकामा भएको सीएफडीए अवार्ड २०१४ मा पनि गायिका रिहाना त्यस्तै अजिब किसिमको पहिरनमा देखिईन्। उनले लुगा लगाए पनि भित्री अंगहरु प्रष्ट रुपमा देखिन्थे।

२६ वर्षे गायिकाले लगाएको पहिरन देखेर कार्यक्रममा उपस्थित अन्य अतिथि नै चकित परेका थिए। अमेरिकी ज्वेलरी डिजाइनर पल मोरेलीले डिजाइन गरेको गहनमा गायिका सजिए पनि उनको पहिरनको तारिफ कसैले पनि गरेका थिएनन्। उनको पहिरनको डिजाइन एडम सेलमनले गरेका हुन्। हिरा जस्तै टल्कने किसिमको कपडाले बनाइएको पहिरन लगाउँदा रिहाना निकै खुशी देखिन्थिईन्। ‘मेरै आग्रह र सल्लाहमा यो लुगा तयार पारिएको हो,’ रिहानाले सञ्चारमाध्यमसित भनिन्,‘म हरेक कार्यक्रममा भिन्न किसिमको पहिरन लगाउन रुचाउने भएकाले पनि पहिरनलाई नयाँ शैलीमा प्रस्तुत गर्छु’।

SUBSCRIBE 👉