पोर्न फिल्ममा काम नगर्ने सनीको घोषणा


sunny-leone-simpal-photoइन्डो–क्यानेडियन पोर्नस्टार बनिसकेकी बलिउड अभिनेत्री सनी लियोन उनको यही चिनारीका कारण बलिउडमा चर्चित छिन्। भारतीय टेलिभिजन रियालिटी शो ‘बीग बोस’मार्फत बलिउडमा इन्ट्री गरेकी उनी अहिले ‘पोर्न स्टार’को दागलाई हटाउन कम्मर कसेर लागेकी छन्।

भारतीय सञ्चारमाध्यमसित कुरा गर्दै उनले आफ्नो अतितलाई बदल्न नसके पनि आफु प्रति आम दर्शकको रबैया बदल्न लागि परेको बताएकी छन्। ‘अब म पोर्नस्टारको रुपमा चिनिन चाहन्न, बीग बोसमा आएपछि मैले एडल्ट फिल्ममा काम गर्न छोडीसकेको छु, अब म कहिल्यै पनि पोर्न फिल्ममा काम गर्दिन्,’ सनीले भनेकी छन्,‘तर म आफैमा गर्व गर्छु किनकी म एक मानवको रुपमा जस्तो छु, त्यस्तै बन्न चाहन्छु।’

SUBSCRIBE 👉