ट्वीटरमा शाहरुखलाई पछ्याउने को संख्या ८० लाख


srkबलिउडका बादशाह शाहरुख खान अब सामाजिक सञ्जाल ट्वीटरमा पनि बादशाह बनेका छन्। ट्वीटरमा उनलाई पछ्याउनेको संख्या ८० लाख भन्दा बढी पुगेको छ। ‘चेन्नई एक्सप्रेस’का यी स्टार अभिनेता हालै मात्र संसारको सबैभन्दा बढी आय हुने सेलिब्रेटीको सूचीको दोस्रो स्थानमा परेका थिए।

ट्वीटरमा बीग बी अमिताभ बच्चनको फ्यानको संख्या ९० लाख छ। शाहरुख सन् २०१० देखि ट्वीटरमा जोडिएका हुन्। ट्वीटरमा शाहरुखका समकालिन अभिनेता आमिर खानको ७० दशमलब १७ लाख र सलमान खानको ७० दशमलब १८ लाख फलोअर्स छन्। शाहरुखले ट्वीटर एकाउण्टमार्फत आफ्नो विचार, फिल्मको सुटिङ, अनुभव र यात्राका कार्यक्रमहरु शेयर गर्दछन्। हालै केही महिना अघि सकिएको आइपिएलको विजेता टिम कलकत्ता नाइट राइडर्सका मालिकसमेत रहेका ४८ वर्षे शाहरुख ट्वीटरमा बेला बेलामा आफ्ना सन्तान आर्यन, सुहाना र अबरामको तस्वीर पनि राख्ने गरेका छन्।

तपाई पनि ट्वीटरमा शाहरुखलाई फलो गर्न चाहनु हुन्छ भने यो लिङ्क प्रयोग गर्नुहोस – https://twitter.com/iamsrk

SUBSCRIBE 👉