‘नागबेली’को प्रतिक्षामा यशराज


sraj-garach

ग्ल्यामर नेपाल, काठमाडौं । सरल र मिजासिलो स्वभावका कारण फिल्म क्षेत्रमा धेरैको प्रिय बनेका छन्, अभिनेता यशराज गरच। क्युट लुक्सका यशराज डान्स पनि उत्तिकै राम्रो गर्छन्। म्युजिक भिडियो, अवार्ड फक्सन र फेसन सोमा उनलाई भ्याइनभ्याइ छ। नियमित अभ्यासका कारण शरीर पनि निकै गठिलो बनाएका छन्। यति भएपछि उनी फिल्म क्षेत्रमा जम्नु पर्ने हो तर सबैको भाग्य कहाँ एउटै हुन्छ र ?

क्षमता र सक्रियता दुवै हुँदा पनि कहिलेकाहीं सफलता पाउन निकै धैर्य गर्नुपर्ने हुन्छ। यशराजको फिल्मी करिअरमा पनि यस्तै भएको छ। किनभने पहिलो फिल्म ‘स्वर’ रिलिज भएको चार वर्ष बितिसक्दा पनि उनी फिल्ममा स्थापित हुन सकिरहेका छैनन्। ‘मायाको बारीमा’, ‘त्यो दस घन्टा’लगायत फिल्ममा उनको अभिनय त मन पराइयो तर व्यावसायिक रुपमा खासै सफल हुन सकेनन्। जसको असर उनको करिअरमा परेको छ। तैपनि, धैर्यताका साथ संघर्ष गरिरहेका यी हिरोको नयाँ फिल्म ‘नागबेली’ २७ असारमा रिलिज हुँदैछ। गोविन्द राई निर्देशित यस फिल्ममा उनी सशक्त भूमिकामा देखिँदैछन्। यो फिल्मले आफूलाई स्थापित गराउनेमा विश्वस्त छन्। भन्छन्, ‘निकै मिहिनेत गरेको छु, दर्शकको रोजाइमा पर्नेमा ढुक्क छु।’ यही फिल्ममा करिअर टिकेकोले पनि हुनुपर्छ, आजकल उनी प्रमोशनमा निकै सक्रिय छ।

यशराज अभिनित ऐतिहासिक फिल्म ‘किर्तिपुर द लिजेन्ड अफ किर्तिलक्ष्मी’ पनि रिलिजको क्रममा छन्। फिल्ममा उनलाई पृथ्वीनारायण शाहको भूमिका देख्न सकिन्छ।

SUBSCRIBE 👉